Menu

अवसर पाएर तयार नहुनुभन्दा अवसर नपाइकनै तयार भएर बस्नु धेरै राम्रो हो । - व्हिटनी युंग

नदेखिकन केही पनि नपिऊ र केही नपढीकन सही नगर । - स्पेनिस उखान

केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर । - महाविर स्वामी

प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । - सेक्सपियर

आफू कति सुत्छु भन्नेमा ध्यान नदेऊ, आफू कति टाढा जानुछ भन्नेमा विचार गरेर बढ । - कन्फ्युसियस

सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । - डोन जुआन

कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । - लाओ-त्से

प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । स्विफ्ट

सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । - महात्मा गान्धी

व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । - साईबाबा


आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । - थियोडोर रूजवेल्ट

जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । - चार्ल्स

जसले जीवनको एक घण्टा समय व्यर्थमा फाल्ने दुःस्साहस गर्दछ, उसले अझै जीवनको मूल्य पत्ता लगाएको छैन । - चार्ल्स डार्विन

जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो । - उपनिषद

शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । - जय पृथ्वी बहादुर सिंह

अभ्यास नगर्ने हो भने विद्या विष हुन्छ । - हितोपदेश

अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ । - आइसकोर

कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् । - विलियम शेक्सपियर

मानव रोटी मात्रले बाच्न सक्दैन । - बाइबल

सफलता अन्तिम हुदैन, असफलता घातक हुदैन । - विन्स्टन चर्चिल

प्रेममा परेको बेला सबैजना कवि हुन्छन् । - प्लेटो

असंभव भन्ने शब्द मेरो शब्दकोशमै छैन । - नेपोलियन बोनापार्ट




काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । - चाणक्य

प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । - सैलस्ट

जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । - मार्सल

रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । - पाइथागोरस

मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । - नित्से

सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । - अब्राहम लिंकन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top