सफलताको सूत्र : दृढ विश्वास+सहि रणनीति+निरन्तरको कार्य जुनसुकै सपनालाई हामी वास्तविकतामा उतार्न सक्छौ यदि हामीमा त्यसलाई 'म गर्न सक्...
सफलताको सूत्र : दृढ विश्वास+सहि रणनीति+निरन्तरको कार्य
जुनसुकै सपनालाई हामी वास्तविकतामा उतार्न सक्छौ यदि हामीमा त्यसलाई 'म गर्न सक्छु' भन्ने पूर्ण विश्वासका साथ अघि बढ्छौ भने । विश्वास मात्र आवश्यक कुरो होइन सही रणनीतिको पनि आवश्यकता पर्दछ । रणनीति निर्णाण गर्नु भनेको मार्ग निर्माण गर्नु हो ।
हर कार्य नियमीत रूपमा गरिने हो भने हामी अवश्य सोचेको लक्ष्यसम्म पुग्न सक्छौ । कार्यमा रमाउन सक्नु, निरन्तर मेहेनत गर्नु र जुनसुकै परिस्थितीमा पनि सम्मपन्न गर्छु भन्ने संकल्पका साथ अघि बढे सफलता हाम्रै अघि भेटिनेछ ।
असफलताको करण
हाम्रो पोल्टामा सफलता नपर्नुमा हाम्रै थुप्रै गल्तीहरू छन्, हामी योजना बनाउन त थुप्रै समय खर्चन्छौ, यो गर्छु त्यो गर्छु भन्छौ र आधा समय खेर फाल्छौ तर कार्यका लागि समय निकाल्नै सक्दैनौ अनी बाँकी आधा समय ती काम किन गर्न सकिएन भनी व्याख्य गर्दै बिताउछौ । यदि केही उत्साहका साथ अघि बढी हाल्यौ भने पनि संघर्षको क्रममा दुइ चार पटक लड्यौ भने हरेश खान्छौ र भाग्यलाई दोष दिदै पुनः उठ्ने प्रयत्न नै गर्दैनौ । यी सबै हाम्रो अल्छे प्रवृत्तीको उपज हो । स्थायी दृढ संकल्पको अभाव हो ।
घाम झुल्केला र उठौला भन्ने होइन उठ्न पर्यो । जब जागा तब सबेरा हुन्छ । यात्रा थाली सकेपछी आफ्नो मार्ग जतिसुकै दुरूह भए पनि पैतला मोड्नु भएन । छेवैको नौरंगी फुलवारी देख्दैमा मूलबाटो छोडेमा गन्तव्यमा कहिल्यै पुगिदैन । यो बुझ्नुपर्यो कि बरू जागिरले तपाईलाई खोज्दै आउला, सम्पती वर्षेला तर सफलता त आफैले खोज्नुपर्दछ । होइन त ? कमेन्टमा तपाईको धारणा पनि राख्नुहोला है !
घाम झुल्केला र उठौला भन्ने होइन उठ्न पर्यो । जब जागा तब सबेरा हुन्छ । यात्रा थाली सकेपछी आफ्नो मार्ग जतिसुकै दुरूह भए पनि पैतला मोड्नु भएन । छेवैको नौरंगी फुलवारी देख्दैमा मूलबाटो छोडेमा गन्तव्यमा कहिल्यै पुगिदैन । यो बुझ्नुपर्यो कि बरू जागिरले तपाईलाई खोज्दै आउला, सम्पती वर्षेला तर सफलता त आफैले खोज्नुपर्दछ । होइन त ? कमेन्टमा तपाईको धारणा पनि राख्नुहोला है !
हाम्रो प्रवृत्ती
हामी धेरै बोल्छौ, थोरै सुन्छौ । धेरै योजना बनाउछौ, थोरै कार्यान्वयन गर्छौ । हामीले गगनचुम्वी भवन त बनायौ तर हाम्रो हृदयको उचाइ झन घट्दै छ । हामी इन्टरनेटबाट संसार घुम्छौ तर हामीलाई नै थाहा छैन की छिमेकमा को को बस्छन् । हामीले तिव्र गतीको सृजना त गर्यौ तर हामीले स्वयंलाई मेसिनहरूमा कैद गरेका छौ । हामी धेरै सोच्छौ थोरै अनुभुत गर्छौ । हामीसँग धेरै चलाखीपन छ तर थोरै दयालुपन र उदारता छ । हामी धेरै लिन्छौ, थोरै दिन्छौ । कोही चन्द्रमामा वस्ती बसाउदै छन्, कोही खुला आकाशमुनी रात बिताउन बाध्य छन् । हामी जती धेरै विलासिता खोज्दैछौ, उती नै दर्दमा जिउदैछौ । हामी धेरै शिक्षित छौ, थोरै ज्ञानी छौ । हामी बाहिरबाट धनी छौ, भित्रबाट गरिब । हामी प्रकृतीलाई कुल्चदै छौ, यन्त्रलाई पुज्दैछौ ।हाम्रो भौतिक विकासको कुनै मूल्य रहदैन यदी आध्यात्मिक रूपमा गिर्यौ भने । यसर्थ संसारलाई बदल्न सर्वप्रथम हाम्रो प्रवृत्ती बदल्नु जरूरी छ ।
COMMENTS