एकपटक एउटा सानो केटो आफ्नो आमा सँग निकै रिसाउछ र रिसको झ्वाकमा झर्कदै जंगल जान्छ । जंगलमा गएर रूखहरू तर्फ फर्कदै चिच्याउछ, 'मलाई ति...
एकपटक एउटा सानो केटो आफ्नो आमा सँग निकै रिसाउछ र रिसको झ्वाकमा झर्कदै जंगल जान्छ । जंगलमा गएर रूखहरू तर्फ फर्कदै चिच्याउछ, 'मलाई तिमी मन पर्दैन ।' त्यही आवाज प्रतिध्वनित भएर उसको कानसम्म आउछ, 'मलाई तिमी मनपर्दैन ।' उसलाई यस्तो भनेको मनपर्दैन र उ रिसाउदै बोल्छ 'त को होस् मलाई यस्तो भन्ने ?' पुनः उस्तै ध्वनी उसलाई थर्काउछ, 'त को होस् मलाई यस्तो भन्ने ?' उसको रिसको पारो चढ्छ 'पखँ तलाई!' उताबाट आवाज आउछ पख तलाई !
केटो दौडदै घर जान्छ र लामो लौरो उचाल्दै आमालाई भन्छ, 'त्यहा एउटा केटो छ जसले मलाई गाली गर्यो ।' आमाले सबै कुरा बुझ्नदछिन् र छोरालाई त्यही ठाँउमा लगेर भन्न लगाउछिन् 'म तिमीलाई माया गर्छु ।' उताबाट उस्तै मिठो आवाजमा प्रतिध्वनी आउछ 'म तिमीलाई माया गर्छु ।' उ बेस्सरी खुसी हुदै भन्छ 'म तिम्रो साथी बन्न चाहन्छु ।' उताबाट पनि उस्तै अनुरोध आउछ । उसले भन्छ 'तिमी मेरो साथी हौ ।' र पहाडबाट ठोक्किएर आएको प्रतिध्वनीले 'तिमी मेरो साथी हौ' भन्छ र केटो खुसी हुन्छ ।
शिक्षा : तिमी अरूबाट जस्तो व्यवहारको अपेक्षा राख्छौ आफूले पनि उनीहरू प्रति उस्तै व्यवहार गर ।
(प्रकाशोन्मुख पुस्तक 'प्रेरक संसारबाट झिकिएको ।)
COMMENTS