Menu

- यात्री केशर
हाम्रो जित र हार हामी मै निर्भर हुने हो । हामी स्वयंले हामी हार्यौ, सिद्धियौ भनेर हरेश खाने हो भने साथीहरू, हामीलाई हार्नबाट कसैले रोक्न सक्दैन । हाम्रो सफलता/असफलता हाम्रै मानसिकताको देन हो । हामी आफैले आफैलाई कायर सम्झन्छौ भने, हामी साच्चिकै कायर हौ, बहादुर सम्झन्छौ भने बहादुर । भित्रै देखि 'म जित्छु' भनि लागि पर्ने हो भने तपाईको जितलाई कसैले रोक्न सक्दैन ।

थोमस एडिसनले विजुलिको चिमको आविष्कार गर्नु दुइ वर्ष अघि मिती तोकेर भनेका थिए, यो दिन म सारा संसारलाई मेरो आविष्कार देखाउनेछु । त्यो दिन सम्म पुग्दा उनी दश/विस पटक होइन हज्जार पटक असफल भए । दुनियाले उनलाई मुर्ख भने, पागल भने, तैले त्यो सक्दैनस् असंभव छ भने । तर, तोकिएकै समयमा उनले आविष्कार गरेर देखाए किनभने उनले भनेका थिए 'म सक्छु' ।

मित्र, हामीले आफ्नो मानसिकता बदल्यौ भने हामी जिन्दगी बदल्न सक्छौ । यसर्थ विचार बदलौ र सफलताको यात्रा गरौ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top