Menu

यात्री केशर
तिमी हार्ने छैनौ । भलै तिम्रो मार्गभरी चट्टान र काडाहरू छरिएका हुन् । आकाशमा काल बादल गर्जिएका हुन् । एकलासको बाटोमा तुफान आएको होस् । त्यो अन्धकारका बिचमा कहि कतै तिम्रो मृत्यु लुकेको हुनसक्छ । यद्यपी तिमी अघि बढ्नैपर्छ । कति पटक तिमी हिड्न नसकेर लडौला तर यो तिम्रो हार होइन । कती दिन सम्म उठ्न नसकौला तर यो तिम्रो अन्त्य होइन । तिमी फेरी उठ्नेछौ र आफ्नो यात्रा जारी राख्नेछौ ।

तिमीलाई संसारको अगाडी हर्नु छैन । बरू दिखाउनु छ... ती काडाहरूका बिच तिमीले कसरी आफ्ना पाइला सारेका थियौ, तिमीलाई देखाउन छ कि आधी तुफानका बिच तिनीले कसरी हिम्मत राखेका थियौ भनेर । तिमीले आत्मविश्वास राख्दै स्वयंलाई सावित गर्नु छ कि तिम्रा निर्णयहरू गलत थिएनन् । गन्तव्यसम्मै पुगेर तिमीले यसको मूल्य चुकाउनेछौ ।

तिम्रो बाटोमा धेरै दोबाटा, चौबाटाहरू भेटिएला । ति बाटाहरू हेर्दामा शुन्दर होलान् । तर, तिम्रो बाटो जतीनै पिडादाएक भअपनि तिमीले आफ्नो पाइला मोड्नेछैनौ । तिम्रा सामु संघर्ष छाडेर आरामका जिन्दगी बाच्ने सयौ अवसरहरू आउलान् तर तिमीले त्यसलाई रोज्नेछैनौ ।

आफ्नै यात्रामा तिमीले आशुहरूका बिच आफैलाई हसाउन खोज । धेरै पटक लडे पनि फेरी उठ र तमाम परिस्थीतीहरूका बाबजुद आफ्नो यात्रा जारी राख । किनभने यसका निम्ती तिमीले आफ्ना धेरै प्यारा चिजहरू गुमाएका छौ...

- यात्री केशर

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top