Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
1. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । - अब्दुल कलाम
2. साना सपनाहरू नदेख्नुहोस् तिनमा मानव हृदय हल्लाउने कुनै ताकत हुदैन । - गोथे
3. तिनीहरू जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पुरा हुन्छ । - अब्दुल कलाम
4. सपना हिजोको प्रश्नका लागि आजको उत्तर हो । - एडगर केसी
5. महान् जीवनका लागि महान् सपना आवश्यक छ । - एनिस निन
6. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् । - मार्क ट्वेन
7. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । - नेल्सन मण्डेला
8. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । - कोलिन पावेल
9. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् । - जोन अफ आर्क
10. असफलताका दुइ कारण छन् - एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु । - जोन मेसन
COMMENTS