Menu

भानुभक्त आचार्य

- भानुभक्त आचार्य

दरिद्र नाउ नरमा छ कस्को ।
विशाल तृष्णा घरमा छ जस्को ॥
कुन् हो धनी सब् नरले कह्याको ।
सन्तोषले जो छ खुशी रह्याको ॥

ज्यूँदै मर्याको भनि नाम् त कस्को ।
उद्यम् विना वित्तछ काल जस्को ॥
अमृत् सरी कुन् छ भन्या निराशा ।
पासा कउन् हुन् ममतै छ पासा ॥

कौने बखत्मा पनि के नगर्नु ।
पापमा अगाडी कहिले नसर्नू ॥
विद्वान् पुरूषले कति काम गर्नु ।
स्वधर्म थामीकन शास्त्र पढ्नू ॥

कुन् हो पशू तुल्य भनी कह्याको ।
विद्या नभै मूर्ख पडी रह्याको ॥
सज्जनहरू कससित सङ् नगर्नु ।
खल् पापि नीचका नगिचै नपर्नू ॥

जन्मयो कउन् जन्मनु फेर् नपर्न्या ।
मर्न्या कउन् हो मरि फेर् नमर्न्या ॥
कस्लाई लाटो छ भनेर भन्छन् ।
जो ता बखतमा पनि चुप् रहन्छन् ॥

माता सरी सुख दिन्या कुन चिज् छ जान्नु ।
विद्यै छ जान्नु त्ससतो अरू कौन खोज्नु ॥
कुन् हो जती दियो उति बढ्न जान्या ।
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ॥

(नोट :- भानुभक्तद्वारा लेखिएको यस् कवितामा मानव-जीवनसँग सम्बन्धित व्यावहारिक, नैतिक र आध्यात्मिक आदर्शको संकेत दिएको छ ।)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top