केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो - फ्रान्सेली आहान लाओत्सुको भनाइ छ, सफलतासम्म पुग्नका लागि असफलताको मार्ग हुदै हिड्नुपर्दछ । ...
केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो - फ्रान्सेली आहान
लाओत्सुको भनाइ छ, सफलतासम्म पुग्नका लागि असफलताको मार्ग हुदै हिड्नुपर्दछ । असफलताको निश्चित श्रृङखला पाग नगरी सफलता प्राप्त हुदैन । यसरी हेर्दा असफलता सफलताको सर्त जस्तै देखिन्छ ।
उदाहरणहरू :
- थोमस एल्भा एडिसनले विजुलीको चिम आविष्कार गर्नुपूर्व हजार पटक असफल भएका थिए ।
- म्याडम क्युरीले रेडियमको आविष्कार गर्नुपूर्व ३०० असफल प्रयोगहरू गर्नुपरेको थियो ।
- अब्राहम लिंकन दुई पटक व्यावसायमा टाट पल्टिए, छ महिना मानसिक सन्तुलन गुमाए र दश भन्दा बढी चुनाव हारेका थिए ।
- वाल्ट डिज्नेले डिज्नेल्याण्ड बनाउनुपूर्व ८ पल्ट नर्भस ब्रेक डाउन भए, एकपटक त आत्महत्याको प्रयाश समेत गरे ।
- अमिताभ बच्चनका सुरूवातका एउटै फिल्म चलेको थिएन । उनले झण्डै फिल्मी करियरनै छोडेका थिए ।
- हेनरी फोर्ड ५ पटक व्यापारमा टाट पल्टिएका थिए ।
- विस्टन चर्चिल पराजयको लामो श्रृङखला पछिनै वरिष्ठ नागरिक बन्न सकेका थिए ।
- ओमेगा डेटाबेस वर्षौसम्म असफल भएपछी मात्र माइक्रोसफ्ट एक्सेस बनाएका थिए ।
- डोल्डस्मिथको द डिजर्टेड भिलेज उपन्लेयासले पुरा हुन कठिनाइका सात वर्ष लागाएको थियो ।
- एलविस प्रिस्लेको पहिलो एल्वम २७ कम्पनिले निकाल्न अस्विकृत गरेका थिए ।
यो लिस्ट लामो छ किनभने संसारका कोही त्यस्तो सफल व्यक्ति छैनन् जो विना असफलताको खुड्किलो नचढी माथी पुगेको होस् । असफलताले नै सफलता तर्फको मार्ग देखाउने हो ।
र अन्तमा अल्बर्ट हुबार्डको भनाइ सधै याद राखौ 'तिमीले जीवनमा गर्नसक्ने सबैभन्दा ठूलो गल्ती हो - गल्ती होला कि भनी डराएर कुनै काम नगर्नु ।'
COMMENTS