अलि हफिद मेसोपोटामिया (इराक) को एक सामान्य किसान थिए । एक दिन उनको भेट एक महान् फकिरसँग हुन्छ । भेटका क्रममा फकिरले हफिदलाई सम्झाउदै भन्छन्...
अलि हफिद मेसोपोटामिया (इराक) को एक सामान्य किसान थिए । एक दिन उनको भेट एक महान् फकिरसँग हुन्छ । भेटका क्रममा फकिरले हफिदलाई सम्झाउदै भन्छन्, 'परमात्माले हामीलाई यस संसारमा दरिद्र जीवन बाँच्नका लागि पठाउनु भएको होइन । उहाँले सबैको बराबर भलो चाहनुहुन्छ । यसर्थतः कतिपय जमिन मुनि उहाँले हिराका खानिहरू बनाउनु भएको छ । अब उठ, जमिन खन र त्यो खानी भेट्टाएर भव्य जीवन बाँच ।' फकिरका यी वाणीले उनको हृदयमा परिवर्तन ल्याइदिन्छ । र भोलीपल्ट आफ्ना श्री सम्पती बेचेर भालेको डाकसँगै खानीको खोजीमा निस्कन्छन् । उनले सम्भव भएजती जमिन खन्छन्, खानीको खोजमा । तर हात लाग्छ निराशा । उनले आफ्ना सारा जायजेथा यसैमा कुर्वान गर्छन् र दरिद्र बन्छन् । तर अफसोच त्यो खानी मिल्दैन । गरिबीमानै उनको देहान्त हुन्छ । उनको मृत्यु पछी सर्वत्र एक सनसनीखेज समचार फैलिन्छ, - 'हफिदले बेचेको खेत खन्दा हिराको खान्नी भेट्टाइयो, खेतधनी रातारात मलामाल बन्न सफल ।'
---
हफिदको असफलताको कारण हो अर्काको खेतमा आँखा लगाउनु तर आफ्नो खेतलाई वेवास्ता गर्नु । समग्रमा आफूलाई चिन्न नसक्नु
---
हफिदको असफलताको कारण हो अर्काको खेतमा आँखा लगाउनु तर आफ्नो खेतलाई वेवास्ता गर्नु । समग्रमा आफूलाई चिन्न नसक्नु
COMMENTS