अलिघरी दाँते एक धनाढ्य युवतीलाई एकतर्फी प्रेम गर्न सुरू गर्दछन् । एकदिन साहस गरेर प्रेम प्रस्ताव राख्दछन् तर अस्विकृत हुन्छ । यसले उनलाई नरा...
अलिघरी दाँते एक धनाढ्य युवतीलाई एकतर्फी प्रेम गर्न सुरू गर्दछन् । एकदिन साहस गरेर प्रेम प्रस्ताव राख्दछन् तर अस्विकृत हुन्छ । यसले उनलाई नराम्रोसँग पिडा दिन्छ । केही समय पछी उक्त युवतीको कुनै केटासँग विहेपनि हुन्छ यसले थप चोट दिइरहदा उक्त केटाको पनि असामायिक निधन हुन्छ । यसले दाँतेलाई झन पिडामा धकेल्दछ, उनलाई लाग्छ अब बेट्रिसे पनि चाडै मर्दछे र नभन्दै ऊ पनि मर्दछे । र, दाँते अनन्त पिडाको भूमरी फस्दछन् । यही पिडालाई उनले साहित्यमा पोख्दछन्, उनले लेखाई मार्फत आफ्नो पिडा भुल्ने प्रयाश गर्दा गर्दै अन्ततः महान् कविका रूपमा स्थापित हुन्छन् । यो हो प्रेमको शक्ति ।
यस्तै ग्राहम बेलले टेलिफोनको अविष्कार गर्नुमा पनि प्रेमको हात रहेको छ । बेलको एक बहिरी युवतीसँग प्रेम सम्बन्ध जोडिन्छ । अनी उनलाई त्यस्तो मेशिनको खोजिमा लाग्दछन् जसको मद्दतले बहिराले सुन्न सकोस् । यसै खोजको सिलसिलामा जन्मन्छ टेलिफोन ।
भनिन्छ प्रेममा गजबको ताकत लुकेको हुन्छ । मोजार्टले भनेका छन्, प्रेम नै सृजनाको स्रोत हो । संसारको धनी त्यही हो जसले प्रेम बाढ्न सक्दछ । यसर्थ सबैलाई प्रेम बाढौ र खुसी जीवन बिताऔ ।
COMMENTS