Menu

जर्ज वासिङ्गटन
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनलाई समयको महत्व बुझ्ने मानिसको रूपमा विश्वभर उदाहरण स्वरूप प्रयोग गरिन्छ । उनलाई समयको मूल्य थाहा थियो । यसैले सदैव आफ्नो एक-एक पलको सदुपयोग गर्थे ।

एक पटक उनले आफ्ना केही साथीलाई भोजनका निम्ती निमन्त्रणा गरे । समय दिनको ३ बजेको थियो । संयोगवश पाहुनाहरू त्यो समयमा आएनन् तब उनले एक्लै खाना खान सुरू गरे । केही बेर पछी आएका पाहुनाहरूले यो देखेपछी नराम्रो लाग्यो ।

जर्ज वाशिंगटनले भने, 'क्षमा गर्नुस् । खाना टेबलमा लगाउनु अगाडि मेरो भान्सेले यो सोध्दैन कि पाहुना आए या आएनन्, केवल यो सोध्छ समय भयो या भएन ?'
उनको यस्तो कुरा सुनेर पाहुना लज्जित भए ।

'सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ ।' - बेन्जामिन फ्रेंकलिन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top