$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

तपाईले जे सोच्नुहुन्छ, त्यो पाउनुहुन्छ ।

हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही प...

हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपाईले हृदय भित्रै बाट गर्छु भन्नुहुन्छ भने । सम्पूर्ण सपनाहरु यथार्थमा परिणत हुनसक्छ यदी तपाईले हृदय भित्रैबाट त्यसलाई सफल बनाउने संकल्प गर्नुहुन्छ भने ।


हाम्रो संकल्पले सबै थोकलाई सत्य सावित गरिदिन सक्छ । हामीमा त्यो असिम शक्ति छ जसले विश्व परिवर्तन गरिदिन सक्छ । तपाईलाई थाहा नहुन सक्छ, गौतम बुद्धले पटक पटक एक चित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे तर सफल भइरहेका थिएनन । पछि उनले संकल्प ठोके जबसम्म बोध प्राप्ती हुदैन तबसम्म म यो पलेटी खोल्दीन र अन्ततोगत्वा उनी बोध प्रप्तीमा सफल भएरै छोडे । हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौ । तर यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्यौ भने, आफैले सृजना गरेको निन्द्रा बाट व्युझेर उठ्यौ भने हामी धेरै माथी पुग्न सक्दछौ । के कुरा याद राख्नुहोस भने यस दुनियाँमा हाम्रो यात्रालाई रोक्ने ताकत सिर्पm आफैमा मात्र हुन्छ । बाधा अन्यत्र होइन आफैभित्र हुन्छ । एउटा चिनियाँ उखान छ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ता भित्रको  ढुगाँले हो । समस्या बाहिर होइन आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन ।

मित्रहरु, म पुनः जोड दिएर भन्न चाहान्छु मानिसले त्यतीसम्म प्रगति गर्न सक्दछन जती उनिहरुले कल्पना गर्न सक्दछन । यदि तपाईले पूर्ण सकंल्पका साथ कुनै प्राप्तीको अपेक्षा गर्नुहुन्छ भने त्यो तपईकै भएर आउनेछ विश्वस गर्नुहोस । अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा तपाईले भोग्नुपर्ने हुन्छ । सफलताको तीन चरणहरु हुन्छन । पहिलो चरण हुन्छ सुरुवाती चरण जसलाई उत्साहले भरिएको चरण भन्न सक्दछौ । हामी पूर्णरुपमा उत्साहित भएर कार्य सुरुवत गर्ने प्रण गर्दछौ । यस पछि दोश्रो चरण सुरु हुन्छ कार्यको । यसमा मानिस निक्कै तडपन सक्छ । निक्कै ठेस अनि ठक्कर खान सक्छ । असफलताबाट निर्मीत कठिन मार्गहरुमा यात्रा गर्नु पर्दछ यस चरणमा । यर्सथत कतिपय व्यक्तिहरु यस चरणमै हरेस खाइ अन्तिम चरणमा पुग्न सक्दैनन जुन चरण हो सफलता । यी सम्पूर्ण व्यवाधानहरुलाई यदि तपाईले पर गर्न सक्नु भयो भने सफलता पक्क यसर्थ सफलता विना परिश्रम अनि पराजयको लामो श्रृंखला बिना प्राप्त हुदैन । हामी आफै पटक पटक चिप्लन्छौ तर हामी लड्न भने कहिल्यै हुदैन । हो , यही मुस्किलको पार गर्न सकियो भने विजय तपाइकै पोल्टामा पर्दछ । तपाई सँग केही नहोस तर तपाई प्राप्तीमा अनवरत खटिरहनुहुन्छ भने सफलता तपाईको ढोका ढक्ढक्याउन आउनेछ । अस्तु ।

- केशर भण्डारी

COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: तपाईले जे सोच्नुहुन्छ, त्यो पाउनुहुन्छ ।
तपाईले जे सोच्नुहुन्छ, त्यो पाउनुहुन्छ ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBabaGxht28bcdMuTOze7hozJAniXShYX4NtvIKt83mjIRmknyxRWZUdcdBP14pfZl8RbkMFnmpTlKEDTqwpCcjJ_bn0yvrK3QW_mCTWW_9Jh93btYYP3gL0RJmg4qzqSVXyuVup6nfnNo/s1600/success.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBabaGxht28bcdMuTOze7hozJAniXShYX4NtvIKt83mjIRmknyxRWZUdcdBP14pfZl8RbkMFnmpTlKEDTqwpCcjJ_bn0yvrK3QW_mCTWW_9Jh93btYYP3gL0RJmg4qzqSVXyuVup6nfnNo/s72-c/success.jpg
प्रेरक संसार
http://www.preraksansar.com.np/2013/11/blog-post_8737.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2013/11/blog-post_8737.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X