किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो । जे हुँदै...
किन व्यर्थ चिन्ता गर्छौ ?
कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो ।
जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर ।
वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?
तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ ।
जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ,
खालि हात नै गयौ, जे आज तिम्रो छ,
त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ ।
यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
परिवर्तन संसारको नियम हो ।
जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
एक क्षणमै तिमी करोडपति बन्दछौ,
दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको
भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो,
तिमी सबैका हौ । तिमी आफू आफैं भगवानमा अर्पित हौ ।
यही नै सबभन्दा ठूलो सहारा हो ।
जसले ईश्वरको सहारालाई जान्दछ,
त्यो डर, तिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।
तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ ।
यसो गर्नाले तिमीले सधैंभरि जीवन
मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

COMMENTS