ऊ त्यही थियो जतिबेला तिम्रो ललाटमा असफलताका थोपाहरू नैरश्यताको चरमोत्कर्षमा तिर्मीराउने गरी टल्किरहेको थिए, ऊ त्यही थियो जतिबेला तिम्रो...
जतिबेला तिम्रो ललाटमा
असफलताका थोपाहरू
नैरश्यताको चरमोत्कर्षमा
तिर्मीराउने गरी टल्किरहेको थिए,
ऊ त्यही थियो
जतिबेला तिम्रो शरिरको भार थाम्ने
दुइ डेगहरू
कमजोरीको पराकाष्ठामा
शिशिरका पंक्षिहरू जस्तै
आधार भूमी हल्लाउदै कापिरहेका थिए,
ऊ त्यही थियो
जब तिमीले आफ्ना पाखुरीलाई
व्यर्थको लामो परिश्रम पछि
थकित आवस्थाको जस्तो गरी
सदाका लागि पसारेका थियौ,
मदिराले लट्ठिएको जस्तो तिमी
असफलताको आक्रमणले
छिया छिया सम्झेर
आफ्नो हृदयलाई
खुलेको अर्को द्वार-प्रवेशका लागि
कहिल्यै उत्साहीत बनाएनौं,
लामो वर्षाद पछि
खुलेको निलो गगनलाई तिमीले
आफ्ना स्वेत नेत्रहरूले चिहाउने
कहिल्यै प्रयाश गरेनौ,
पर्दामा कोरिएका चित्रलाई तिमीले
सर्कसका दर्शकले जस्तै
मुकदर्शक बनेर हेरीरहेपछी, अनी
तिखो काडाँले घोचेपछी
त्यो रातो गुलाफलाई
पुनः प्राप्त गर्ने त्यो तिम्रो
शिशु अभिलासालाई मारेपछी
तिम्रो कैदघरको आँगनबाट
ऊ, आफ्नो पैतलाको डोब छाड्दै
तिमीलाई नहेरी अघि गयो ।
उसलाई छुन फेरी तिमीले
आफ्ना हात लम्काएनौं
तर, ऊ त्यही थियो
तिम्रै आडमा ।
- यात्री केशर
COMMENTS