Menu

अल्बर्ट आइन्स्टाइन

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अतिनै तल्लीन भएर लाग्दथे । जुन कार्य शुरु गर्दथे त्यो काम फत्य गरेर मात्र छोडदथे । एकपटक आइन्स्टाइन सोधपत्र लेख्ने कार्य सकेर क्लिप (कागज च्याप्ने सामान खोज्न थाले । टेबुल र दराजका सम्पूर्ण स्थानहरुमा खोजिसक्दा पनि क्लिप फेला पार्न सकेनन । अन्त्यमा उनले एउटा कुनामा बिग्रेको काम नै नलाग्ने पुरानो पेपर क्लिप देखे । उनले यो क्लिपलाई मर्मत गरी कममा लगाउने जुक्तिबारे सोच्न थाले । र बनाउन पट्टि लागे ।र्
एकछिन पछि उनका सहायक पनि आइपुगे । आइन्स्टाइन एउटा पुरानो पेपर क्लिप मर्मत गर्न लागेको देखेर उनले दराजबाट एक बट्टा नयाँ क्लिप निकाले र भने महोदय, हामीसगँ प्रशस्त क्लिपहरु छन । तपाई पुरानो क्लिप बनाउदै हुनुहुन्छ । त्यसलाई फालेर नयाँ प्रयोग गरे भैहाल्छ नि ।
आइन्स्टाइनले उनको कुरा सुन्दैनसुनी लगातार त्यसैमा लागेर क्लिप तयार गरी छाडे र शोधपत्रमा च्यापे । उनले आफ्ना सहायकलाई बोलाएर पिठमा थप्थपाउदै भने बाबु जुन लक्ष्यतिर लागिन्छ त्यसमा निन्तर लाग्नुपर्छ । विचलित हुनुहुन्न । मलाई कसैले पनि आफ्नो लक्ष्यबाट विचलित पार्न सक्दैन ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top