Menu

म यसरी ८३ वर्षसम्मन् स्वस्थ एवं क्रियाशील रहन सकें ।
- जेकोब हेनरम्यान

- खुसी रहनु ।
 तन मनलाई स्वास्थ राख्ने सबभन्दा महत्वपूर्ण पौष्टिक आहार हो सधैं खुसी रहन सक्नु ।
प्रेम गर्नु । सधैं अरुलाई केही न केही सहयोग गर्नु ।

- शान्त रहनु ।
 फूल वा तरकारी बारीलाई स्याहार्नु, यसरी धर्ती मातासगँ जोडिनाले शान्तिको स्रोत खुल्छ ।
काँचो भोजन खानु । जहाँसम्म सम्भव हुन्छ ज्यूँदा खानेकुरा खानु, जस्तै सलाद, टुसाएको गेडागुडी, अन्न, बियाँ एवं सुकाएका फलफूल ।

- खुल्लामा बस्नु ।
आफ्ना काम सकभर ताजा हावा र हल्का घाम भएको ठाउँमा गर्नु ।

- बिहान बेलुका २० ३० मिनेट हिँडनु ।
संभव भए कौशी वा कोठा बाहिर बढि हावा खेल्ने ठाउँमानै सुत्नु ।

- सादा जीवन उच्च विचार ।
तडक भडकबाट जोगिनु, सादा जीवन बाँच्ने मानिसलाई तनाव हुने कुरै आउदैन ।

- जनवार पाल्नु ।
पशुपंक्षि पाल्नु पनि चिकित्सा पज्ञद्दती भएको छ । अतः कुकुर, बिरालो, सुगा, कछुवा, माछा, अझ सुँगुर नै किन नहोस् पाल्नुर तिनीहरुसँग हेलमेल गर्नु ।

- ध्यान ।
नियमित २० देखि ६० मिनेट ध्यान गर्नु । केही काम नहुँदा ध्यानमा डुब्न सिक्नु ।

- नियमित व्यायाम गर्नु ।
कुनै न कुनै व्यायाम वा सो सरह काम नियमित गर्दा शरीर चुस्त दुरुस्त रहन्छ ।

- आत्म सन्तुष्ट रहनु ।
सकारात्मक विचार भवना होस् वा राम्रा मानिने काम गरेर होस् अरुलाई र आफूलाई सन्तुष्ट राख्नु ।

- जेकोब हेनरम्यान

स्रोत: प्रेरणा पुञ्ज (डा. योगी विकाशानन्द)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top