एक दिन मेरो देशका अराजनीतिक बुद्धिजीवीहरुसित जिरह गर्नेछन् देशका सबैभन्दा सोझासाझा जनताले उनीहरुसगँ सोधिने छ उनीहरु के गरिरहेका थिए ज...
एक दिन
मेरो देशका
अराजनीतिक बुद्धिजीवीहरुसित
जिरह गर्नेछन् देशका सबैभन्दा सोझासाझा जनताले
उनीहरुसगँ सोधिने छ
उनीहरु के गरिरहेका थिए
जब उनिहरुको देश मरिरहेको थियो
विस्तारै विस्तारै
नरम नरम आगो झै
स्यानो र एक्लै ।
कसैलेपनि उनिहरुसगँ सोध्ने छैन
उनीहरुको सुन्दर पोसाकको बारेमा,
दिउसोको भोजनपछिको लामो निन्द्राको बारेमा
कोहीपनि जान्न चाहदैन
शून्यताका सिद्धान्तहरु सगँ
उनीहरुको नपुशंक लडाइको बारेमा
कसैले पनि चिन्त गर्दैन
उनिहरुको उच्च वित्तीय ज्ञानको विषयमा
उनीहरुलाई सवाल गरिने छैन
ग्रीक पुराणको बारेमा
उनीहरुलाई सोधिने छैन
उनीहरुको त्यो आत्मघृणको विषयमा
जब उनीहरु भित्र मरेको थियो
एउटा कायरको मृत्यु
उनीहरुलाई सोधिने छैन
सफेद झुँठको छाँयामा जन्मिएका
उनीहरुका अन्टसन्ट जवाफहरुको बारेमा ।
त्यस दिन
आउनेछ सोझा सिधा जनता,
जसको अराजनीतिक बुद्धिजीवीहरुका
किताब र कवितामा कुनै ठाउँ छैन,
जसले दिनदिनै उनीहरुको लागी जुटाउदछन
रोटि र दूध
उनीहरुको लागि पाउरोटि र अण्डा,
जसले उनीहरुको लुगा सिउदछन्
र कार चलाउदछन्
जसले उनीहरुका कुकुर र बगैँचाको
हेरचाह गर्दन्
अनि उनिहरुका लागि खटिएर काम गर्दछन् ।
हो, उनीहरुले सोध्नेछन्
के गरिरहेको थियौ तिमीहरु
जब दुःख र पिडाले डसेर
गरिब जनता मरिरहेका थिए,
र, स्निग्धता एवं जीवन
त्यसमा खरानी भइरहेको थियो
हाम्रो सुन्दर देशका अराजनीतिक बुद्धिजीवीहरु ।
त्यसबेला जवाफ दिन सक्नेछैनौ तिमीहरुले
तब मौनताको गिद्धले
तिमीहरुको आन्द्रा भुडी लुछेर खानेछ
तिमीहरुको आप्mनै दुर्दशालेनै
चिथर्दै काट्दै, च्यात्नेछन तिमीहरुको आत्मालाई
र, लाज शरमले शिर झुकाएर
तिमीहरु लाटो बन्नेछौ ।
- अटो रेने क्यास्तीलो (१९६३ - १९६७)
मेरो देशका
अराजनीतिक बुद्धिजीवीहरुसित
जिरह गर्नेछन् देशका सबैभन्दा सोझासाझा जनताले
उनीहरुसगँ सोधिने छ
उनीहरु के गरिरहेका थिए
जब उनिहरुको देश मरिरहेको थियो
विस्तारै विस्तारै
नरम नरम आगो झै
स्यानो र एक्लै ।
कसैलेपनि उनिहरुसगँ सोध्ने छैन
उनीहरुको सुन्दर पोसाकको बारेमा,
दिउसोको भोजनपछिको लामो निन्द्राको बारेमा
कोहीपनि जान्न चाहदैन
शून्यताका सिद्धान्तहरु सगँ
उनीहरुको नपुशंक लडाइको बारेमा
कसैले पनि चिन्त गर्दैन
उनिहरुको उच्च वित्तीय ज्ञानको विषयमा
उनीहरुलाई सवाल गरिने छैन
ग्रीक पुराणको बारेमा
उनीहरुलाई सोधिने छैन
उनीहरुको त्यो आत्मघृणको विषयमा
जब उनीहरु भित्र मरेको थियो
एउटा कायरको मृत्यु
उनीहरुलाई सोधिने छैन
सफेद झुँठको छाँयामा जन्मिएका
उनीहरुका अन्टसन्ट जवाफहरुको बारेमा ।
त्यस दिन
आउनेछ सोझा सिधा जनता,
जसको अराजनीतिक बुद्धिजीवीहरुका
किताब र कवितामा कुनै ठाउँ छैन,
जसले दिनदिनै उनीहरुको लागी जुटाउदछन
रोटि र दूध
उनीहरुको लागि पाउरोटि र अण्डा,
जसले उनीहरुको लुगा सिउदछन्
र कार चलाउदछन्
जसले उनीहरुका कुकुर र बगैँचाको
हेरचाह गर्दन्
अनि उनिहरुका लागि खटिएर काम गर्दछन् ।
हो, उनीहरुले सोध्नेछन्
के गरिरहेको थियौ तिमीहरु
जब दुःख र पिडाले डसेर
गरिब जनता मरिरहेका थिए,
र, स्निग्धता एवं जीवन
त्यसमा खरानी भइरहेको थियो
हाम्रो सुन्दर देशका अराजनीतिक बुद्धिजीवीहरु ।
त्यसबेला जवाफ दिन सक्नेछैनौ तिमीहरुले
तब मौनताको गिद्धले
तिमीहरुको आन्द्रा भुडी लुछेर खानेछ
तिमीहरुको आप्mनै दुर्दशालेनै
चिथर्दै काट्दै, च्यात्नेछन तिमीहरुको आत्मालाई
र, लाज शरमले शिर झुकाएर
तिमीहरु लाटो बन्नेछौ ।
- अटो रेने क्यास्तीलो (१९६३ - १९६७)
COMMENTS