वेस्टमिन्स्टर एबेको भवन वेस्टमिन्स्टर एबेको भवनमा एउटा एंग्लिँकन बिसपको चिहानमा यस्ता शब्द लेखिएका थिए : जब म सानो र स्वतन्त्र थिएँ ...
|
वेस्टमिन्स्टर एबेको भवन |
वेस्टमिन्स्टर एबेको भवनमा एउटा एंग्लिँकन बिसपको चिहानमा यस्ता शब्द लेखिएका थिए : जब म सानो र स्वतन्त्र थिएँ तब मेरो कल्पनाको कुनै सिमा थिएन । म दुनियाँलाई बदल्ने सपना देख्थेँ । जब म ठूलो भएँ र समझदार भएँ तब मैले दुनियाँ बदलिदैँन भन्ने बुझे, यसैले मैले आफ्नो लक्ष्यलाई सानो बनाएँ र सिर्फ आफ्नो देशलाई बदल्ने निश्चय गरे । तर देश पनि बदलिन तयार थिएन । जब म बुढो भएँ तब मैले हतास भएर अन्तिमकोसिस गरे, म आफ्नो परिवारलाई बदल्ने छु जो मेरो सबैभन्दा नजिक थिए । तर मेरो परिवारका मानिस पनि बदलिनका लागि तयार थिएनन् । अब जब म मृत्युशैय्यामा सुतेको छु तब अचानक मलाई अनुभव भयो, यदि मैले सबैभन्दा पहिला आफैलाई बदलेको भए, मलाई देखेर मेरो परिवार बदलिने थियो । हुनसक्छ , उनीहरूको प्रेरणा र प्रोत्साहनले म देशलाई अरू राम्रो बनाउन सक्थे । कसलाई के थाहा , म सायद दुनियाँलाई पनि बदल्न सक्थे । बस्, मेरो जीवनले यहि सन्देश दिन्छ कि दुनियाँलाई बदल्नुभन्दा पहिला आफुलाई बदल्नुपर्दछ , सुरूवात आफै बाट गर्नु पर्दछ ।
साभार :- चिकेन सुप फर द सोउल पुस्तकबाट
COMMENTS