Menu

जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ । शिक्षले व्यक्तिलाई विविध पक्षमा आर्दश बनाउदछ । बालकको सर्वंगीण विकास गराइ सत्मार्ग तर्फ उन्मुख गराउदछ । शिक्षाले बालकको इच्छा अनुरुपको प्रतिभालाई मलजल गरि भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान बनाइदिन्छ । यसर्थ शिक्षा प्रतिभारुपी बिजको लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमी हो । शिक्षाको विविध स्रोत र क्षेत्र छ । हामीले प्रकृतिबाट अथाह सकारात्मक शिक्षा आर्जन गर्न सक्दछौ । पुस्तकहरुको गहन अध्ययनबाट हामीले शिक्षा आर्जन गर्न सक्दछौ । कसैको जीवनी, क्रियाकलाप आदि बाट अनुकरणिय शिक्षा हासिल गर्न सक्दछौ । हामीले प्रत्येक कुरको सुक्ष्मातिसुक्ष्म कुराहरुको अवलोकन गरी ग्राह्य ज्ञान आर्जन
गर्न सक्दछौ । इच्छा र खुबि भएमा प्रत्येक कुराहरुबाट हामीले सही शिक्षा आर्जन गर्न सक्दछौ । शिक्षा प्राप्त गरेको व्यक्तिको व्यक्तित्व आदर्श हुन्छ । तसर्थ शिक्षा आर्दश व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रकृया हो ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top