Menu

सम्पूर्ण सभ्य मानवजातिले हाम्रो पृथ्वीमा पाइने जीवनको स्रोत सीमित छ भनेर बिर्सेको जस्तो छ । अमेरिकामा सतहको माटोको निर्दयता पूर्वक शोषण गरेपछि विशाल खेती योग्य जमिन मरुभूमिमा पाएपछि, रुख ढली ठूला ठूला प्रदेश नष्ट भएपछि तथा असङ्ख्य उपयोगी प्राणीहरु लोप भएपछि मात्रै यी तथ्यहरूको बारेमा बिस्तारै बिस्तारै पुनः ज्ञान हुन थालेको छ । तर पनि जनसाधारणको चेतनामा यो कुरा बल्ल आएर घुस्न थालेको छ ।

सभ्य भनाउँदा मानवले आफ्नो वरपरको र आफूलाई टिकाउने प्राकृतिक वासस्थानको अन्धाधुन्ध पर्यावरणीय विनाशले मानव स्वयंलाई नै खतरा निकट पु¥यउदछ । वास्तविक रुपमा यो कुरा महसुस हुन थालेपछि शायद मानवले आफ्नो भुल स्विकार गर्ला, तर त्यतिञ्जेल सम्म धेरै ढिला भइसकेको हुने छ , यो असभ्य प्रकृयाले मानव स्वयंलाई नै कति नोक्सान पु¥याउदछ भन्ने उसले सबभन्दा कम याद गर्दछ ।

आफ्नो वरपर कृत्रिम, अति सस्तो र अति कुरूप देख्ने युवाबाट कुनै पनि चिजप्रति भय मिश्रित श्रद्धाको अपेक्षा कसरी गर्न सक्छौ, शहर बासीको निम्ति आकाशको दृश्य समेत गगनचुम्बी भवन र वायुमण्डलको रासायनिक बादलले अस्पष्ट पारिदिएको छ ,सहर र गाउँको खेद जनक रुपले हुँदै गइरहेको कुरुपता
को साथ साथै  विकास गाडी बढ्दछ ।

- कनार्ड लरेन्ज
(सिभिलाइज्ड म्यन्स एट डेड्ली सिन्स बाटको स्वतन्त्र अनुवाद ।)


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top