Menu

आज पनि तायरालाई अपर्झट को बिसन्चो आक्रमण गर्यो । हरेक प्रकारको ओखतिमुलो गर्दा पनि क्यै सीप लागेन । यो बिसन्चो बिहे भएको पाँच वर्ष पछि देखि हुन लागेको हो । बिहे उसले आफ्नै खुसीले गरेकी थिई । स्वस्थ, सुन्दर, आकर्षक पति पाएर उसको जीवन सुखी थियो । जान्ने बुझ्ने सबै यसै लाई बिसन्चो को कारण मान्थे । हालसालै नामी हाकिम आएकाले उसलाई जाँच्न बोलाईएको थियो । जाँचीसकेपछि हाकीमले भने, कमाल छ, बिरामी तीसपैंतीसकी हँुदा पनि बिहे भएको छैन, चाँडै बिहे गरि दिनुस्, यही नै उपचार हो ।
गजबको कुरा गर्नुभयो । यीनको बिहे भएको पन्ध्रौ वर्ष भइसक्यो ।
गलत, बिलकुल गलत । बिमारी अझै कुमारी छन्  ।
बेहोसीमा रहेकी तायरा होसमा आइसकेकी थिई । उसले चिच्याएर भनी, जुन कुरा आजसम्म मैले लुकाएकी थिएँ त्यसलाई सार्वजनिक नगरिदीनुस् ।

- अनीस मिर्जा

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top