रोबर्ट फ्रस्ट लाग्छ, म चिन्दछु यो जंगल कसको हो उसको घर टाढाको गाउँमा भए पनि उसले देख्ने छैन म यहाँ अडिएको उसका हिउले ढाकिएको वृक्षहरू ...
रोबर्ट फ्रस्ट |
लाग्छ, म चिन्दछु यो जंगल कसको हो
उसको घर टाढाको गाउँमा भए पनि
उसले देख्ने छैन म यहाँ अडिएको
उसका हिउले ढाकिएको वृक्षहरू हेरिरहेको ।
घर-खेत विनाको जंगलमा उभिएको देखेर
आश्चर्य मान्ला मेरो घोडाले
यो जंगल अनी जमेको तलाउबीच
वर्षभरीको कालो साँझमा यसरी उभिएकाले ।
कुनै भूल त भएको छैन ?
घाटीको घण्टामा उसले झड्का दिन्छ
एकान्तलाई चिर्दै आवाजको नाउँमा
मन्दमन्द पवन र भुवादार हिम प्रपात हुन्छ ।
यो सुन्दर जंगल झन् गाढा औ गम्भिर देखिन्छ
तै पनि प्रतिज्ञा पुरा गर्नै पर्दछ
र, सुत्नु पहिल्यै कोसौ टाढा पुग्नु छ
र, सुत्नु पहिल्यै कोसौ टाढा पुग्नु छ ।
- रोबर्ट फ्रस्ट (१८७४-१९६३)
(भावानूवादीत कविता)
COMMENTS