तीन चीजहरु फर्कदैन - बोली, प्राण र समय । सानो नसम्झनु - रोग, रिन र शत्रुलाई । ढाट्न नहुने - गुरु, वकिल र डाक्टरलाई । सगंत गर्न...
तीन चीजहरु
फर्कदैन - बोली, प्राण र समय ।
सानो नसम्झनु - रोग, रिन र शत्रुलाई ।
ढाट्न नहुने - गुरु, वकिल र डाक्टरलाई ।
सगंत गर्ने- सहयोगी, विद्धान र कुशलसगँ ।
पर्खदैन - समय, मृत्यु र ग्राहकले ।
भर नपर्ने - स्वार्थी साथी, शत्रु र हान्ने गरेको गोरु ।
नजिस्क्याउनु - गुरु, गरीब र परस्त्रीलाई ।
वश नपर्ने - धम्की, रवाफ र रुपको ।
टाढा रहनु - अल्छी, हिंसा र निद्राबाट ।
संघर्ष गर्ने - स्वतन्त्र, इमान र इज्जतको लागि ।
लुकाउनु - धन, सीप र गोप्यतालाई ।
भाइभाइबीचको झगडा 4- जग्गा, धन र स्वास्नीबाट हुन्छ ।
एकपटक मात्र पाइने - आमा, बाबु र जवानी ।
COMMENTS