मलाई पारि जान त्यो परको पहाडले छेकेको होइन, मेरो जुत्ता भित्रको सानो ढुंगाले हो । - चिनियाँ कहावत यो नहेर कि तिमी कहाँ लड्यौ, बरू यो...
- मलाई पारि जान त्यो परको पहाडले छेकेको होइन, मेरो जुत्ता भित्रको सानो ढुंगाले हो । - चिनियाँ कहावत
- यो नहेर कि तिमी कहाँ लड्यौ, बरू यो हेर तिमी कहाँ चिप्लेका थियौ । - अफ्रिकन कहावत
- एउटा मात्र कुकुर कसै माथी भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन् । - चिनियाँ कहावत
- यदि इश्वर पृथ्वीमा बसेको हुन्थे भने, मान्छेहरूले उनको झ्याल तोडिसकेका हुन्थे । - इजरायली कहावत
- जब खेल सकिन्छ तब राजा र रङ्क दुवै एकै मैदानमा जान्छन् । - इटालियन कहावत
- जसले केही गर्दैन उसले मात्र कुनै गल्ती नगर्ने हो । - फ्रान्सिसी कहावत
COMMENTS