Menu

वास्तवमा ज्ञानको प्रमुख स्रोतको रुपमा म पुस्तकलाई लिन चाहन्छु । किनभने, अहिलेका पुस्तकभित्र मानिसका खोपडी भित्र भएका असल ज्ञानहरू सुरक्षित साथ रहेका छन् । प्रसिद्ध भारतीय नेता मोहनदास करमाचन्द गन्धी (महात्मा गान्धी) ले भनेका छन म पुस्तक र मोतीमा यत्ति फरक देख्दछु की मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा । पुस्तक भित्रका सेता पन्नामा कोरिएका अक्षरहरूमा एउटा यस्तो शक्ति छ, जसले जीवन व्यवहार बदल्न सक्दछ । एक थोपा मसीले हजारौं विचारहरू उत्पन्न गराइदिन्छ भन्ने लर्ड वाइरनको विचार विचारमै नटुगिंएर व्यवहार सम्म पुग्दछ । नियमित असल पुस्तक पढ्नु भनेको मष्तिष्कलाई पाँच तारे होटलमा नास्ता गराउनु सरह हो । अझ एक्काइसौं शताब्दीमा ज्ञान एक त्यस्तो मित्रको रुपमा उपस्थित हुन्छ, जस विना हामी डेग चल्न सक्दैनौ । चाहे जुनसुकै असल होस, शिक्षा चाहिन्छ । जसको पुर्ती हामी पुस्तक अध्ययन बाट गर्न सक्छौ । पुस्तककै सन्दर्भमा विख्यात व्यंगकार जर्ज बर्नाड सा भन्दछन विचारको युद्धमा पुस्तक नै अस्त्र हो । र, अब को दुनियाँमा अस्त्र विनाको व्यक्तिलाई रहने ठाउँ हुनेछैन ।
सफल व्यक्तीहरुको जीवन हेर्दा जतीपनि छन तीनीहरुले पुस्तक अध्ययन गर्ने गरेको पाउदछौ । पुस्तक अध्ययनका सम्बन्धमा शायद हामीले हेनरिक इब्सनलाई सम्झनु उपयुक्त हुन्छ । उनीले आफ्नो खाना कटाएर तथा कपडा बेचँेर पुस्तक किनी पढ्ने गर्दथिइन । पर्सी शेली पुस्तक अध्ययन गर्दा कतिसम्म डुब्दथिइन भने उनले आफ्नो बाहिरी दुनियँनै बिर्सन्थीन । माक्सिम गोर्की नोकर अवस्थामा छदा लुकी लुकी पुस्तक अध्ययन गर्दथे । यस्त थुप्र उदाहरणहरू छन ।
पुस्तक अध्ययन त गर्ने तर कस्त पुस्तकहरु अध्ययन गर्ने भन्ने सवाल सबैभन्दा महत्वपूर्ण सवाल हो । हामी मध्य धेरैलाई थाहा छ पुस्तक अध्ययन गर्नु पर्दछ तर कस्तत पुस्तकहरु अध्ययन गर्नु पर्दछ भन्ने कमैलाई मात्र थाहा छ । लियो टाल्सटायले भनेका छन खराब पुस्तक पढ्नु, विषपान गर्नु सरह हो । जसरी असल पुस्तकले जीवन बचाउँछ त्यसरी नै खराब पुस्तकले जीवन लिन्छ पनि । तसर्थ पुस्तक छनौटमा विवेकशील हुनैपर्छ । पुस्तकका सवालमा फ्रान्सिस बेकन भन्दछन हामीकहाँ थुप्रै पुस्तकहरू छन, ती मध्य धेरै खान, केही चपाउन र केही थोरै मात्र निल्न र पचाउन योग्य छन । र हाम्रो छनौटमा पाचन योग्य पुस्तकहरु पर्नु जरुरी छ । अन्त्यमा, असल पुस्तक अध्ययन गर्ने मानिस कहिल्यै खराब हुन सक्दैन भन्ने भनाइलाई विशेष मनन गरौँ र पुस्तक अध्ययन गर्ने बानी आजै देखि बसालौं ।

- केशर भण्डारी

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top