Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
फल लागेपछि वृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पत्ति कमाएको बेला सज्जनहरू झुक्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ ।
– आचार्य तुलसीदास
फूलको सुवास वायुको विपरीत जाँदैन तर मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ ।
– गौतम बुद्ध
आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र । यो मित्रसँग बस्ने मानिस कहिल्यै दुःखी हुँदैन ।
– कवि भर्तृहरि
मिहिनेत गरे दरिद्रता रहँदैन, धर्म गरे पाप रहँदैन, मौन रहे कलह हुँदैन, जागा रहिरहे डर रहँदैन ।
– चाणक्य
चरित्रहीन शिक्षा, मानवताविहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।
– सत्य साईबाबा
सर्पको दाँतमा, माहुरीको शिरमा र बिच्छीको पुच्छरमा विष हुन्छ । तर दुर्जनको शरीरभरि विषैविष हुन्छ ।
– कबिर
असल मित्र त्यही हो जो भेटेको बेला आदर–सत्कार गर्छ, पछाडि प्रशंसा गर्छ अनि आवश्यकता पर्दा मद्दत गर्न तत्पर हुन्छ ।
– अज्ञात
किताब यस्ता शिक्षक हुन् जो विना कष्ट, विना आलोचना र विना परीक्षा नै हामीलाई शिक्षा दिन्छन् ।
– अज्ञात
ऊ नै सबैभन्दा ठूलो ज्ञानी हो, जो आफ्ना कमी–कमजोरी थाहा पाएर आफैं सुधार गर्न सक्छ ।
– अज्ञात
स्रोत : शिक्षक मासिक
COMMENTS