वर्नर हाइजनबर्ग जब १९ वर्षका थिए, तब उनी विद्यालयमा गार्डको ड्युटी गर्दथे । एक दिन ड्युटी गरिरहेकै बेलामा कतैबाट प्रख्यात दार्शनिक प्ले...
यो पुस्तक पढ्दा पढ्दै वर्नरलाई भौतिक विज्ञानमा यति रूचि जागेर आयो कि उनले यो क्षेत्रमा केही गर्ने विचार गरे । फेरि के थियो र २३ वर्षको उमेरसम्म उनले आफ्नो बेजोड प्रतिभाको बलमा गोटिजेनमा प्रोफेसर मेक्स प्लङ्कको सहायकको पदमा नियुक्त भए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
आफ्नो जीवनको २४ वसन्त वितुन्जेल हाइजनवर्ग केपनहेगनको विश्वविद्यालयमा लेक्चरर भइसकेका थिए । २६ वर्षको उमेरसम्म पुग्दा आफ्नो पहिलाको ६-७ वर्षको अनुसन्धानको आधारमा उनलाई भौतिक विज्ञानमा असाधारण योगदानको लागि नोबेल पुरस्कार प्रदान गरियो । यस प्रकार एउटा पुस्तकले एउटा गार्डलाई नोवेल पुरस्कार विजेता बनाइदियो ।
यसर्थ भनिन्छ, पुस्तकभन्दा असल दोश्रो साथी छैन ।
(प्रेरक प्रसंग)
COMMENTS