$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

सफलताको सरल नियम : धैर्य

सफलता पाउनकोलागि व्यक्तिमा नभइनहुने गुण हो धैर्य । यसले नै मानिसलाई आत्मा संयमी बनाउदछ । सफलताको सोपान चढ्नमा टेवा पुर्याउदछ । धैर्य भएन भन...

सफलता पाउनकोलागि व्यक्तिमा नभइनहुने गुण हो धैर्य । यसले नै मानिसलाई आत्मा संयमी बनाउदछ । सफलताको सोपान चढ्नमा टेवा पुर्याउदछ । धैर्य भएन भने सफलता प्राप्तीमा नराम्रो धक्का पुग्न सक्छ । तसर्थ सफलता प्राप्तीकालागि धैर्य अति नै आवश्यक छ ।

धैर्य एउटा तितो वृक्ष हो, तर यसको फल सधै मिठो हुन्छ । -जापानी कहावत

जसरी एउटा कोपिला वयस्क फूल हुदा सम्म एउटा लामो समयावधी सम्म धैर्य गर्नुपर्दछ त्यसरी नै व्यक्तिले पनि सफलता नचुमे सम्म धैर्यता गुमाउनु हुदैन । सफलता प्राप्त नगरुन्जेल सम्मको समयावधी अवश्यपनि पिडादायक र कष्टकर हुन्छ तर त्यति बेला धैर्य देखाइएन भने सफलता हात नर्पन सक्छ । एउटा जापानी कहावत छ धैर्य एउटा तितो वुक्ष हो तर यसको फल हमेसा मिठो हुन्छ ।

विश्वविख्यात साहित्यकार अर्नेष्ट हेंमिग्वेले विभिन्न कृतीहरु लेखेका छन् । ती मध्य सबै भन्दा ख्याती प्राप्त कृती हो बुढो माझी र ममुद्र । उनले यो पुस्तक प्रकाशन गर्नु पूर्व लामो कालखण्ड सम्म धैर्य गुर्नपर्यो । उनले यही उपन्यासलाई दस पन्ध्र पटक होइन दुइ दुइ सय पटक सम्म पुर्नलेखन गर्नुपर्यो । यस पुस्तकलाई अन्तीम रुप दिन उनलाई निक्कै कठिनाइ पर्यो । यी सबैका बाबजुद उनले धैर्य गरे र जब उनको उक्त पुस्तक प्रकाशीत भयो बजारमा आएको दुइ दिनमै ५३ लाख भन्दा बढि प्रति बिक्यो साथै इतिहासमै नेबेल पुरुस्कार र पुलिट्जर पुरुस्कार जित्न पनि सफल भयो ।

कुनै पनि सफलता सोचे जस्तो एक्कै पटकमा हात लाग्दैन । यसमा लामो समय सम्मको पर्खाइको आवश्यकता पनि पर्न सक्दछ । लामो समयसम्मको धैर्य, अथक प्रयाश र परिश्रम तथा प्रबल इच्छाको योग नै सफलता हो । धैर्यको अर्को विशिष्ट उदाहरण देख्न पाइन्छ प्रथम जासुसी कथाकार एडगर एलन पोको जीवनमा । द राभेन यो उनको एउट विश्व प्रख्यत रचना हो जसलाई उनले लेख्न मात्र चार वर्ष लगएका थिए । त्यस पछिका दश वर्ष यही कवितालई परिमार्जन गर्नमा बिताए । र जसै कविता तयार भयो उनी त्यस्लाई छपाउनका लागि सम्पादक ग्राहमकाहाँ गए । तर सम्पादकले त्यो कवितालाई छाप्न ठाडै अस्विकार गरिदिए । उनी घर फर्के र त्यही कवितालाई पुनः सच्याउन तर्फलागे । र, पुन सम्पादक कहाँ पुगे । यस पटक पनि विभिन्न खोट देखाइ उनको रचना अस्विकृत भयो । पैसाको अभाव थियो उनलाई यसर्थ केही गुजरा चल्ने उद्धेश्यले उनी पटक पटक सम्पादककहाँ उही कविता लगेर बिन्ती भाउ गर्न थाले । अती भए पछि सम्पादकले मात्र दश डलरमा बिक्यो जसलाई सच्याउन मात्र दश वर्ष लागेको थियो । तर उनको मृत्यु पश्चात उक्त द राभेन कविता दशौ लाख डलरमा विक्रि भयो । हेर्नुहोस समय सँगै कति बदलिएको हामी पाउदछौ ।

अमेरिकाका सोह्रौ राष्टपती अब्राहम लिंकन लामो असफलताको चरण पछि मात्र राष्टपति बन्न सकेका थिए । त्यस्तै बुढेसकालमा अएर मात्र विस्टन चर्चिल प्रधानमन्त्री बन्न सकेका थिए । थोमस एडिसनलाई विजुलिको चिम बनाउन वर्षै लागेको थियो । आदि इत्यादी हेर्दा हामी देख्न सक्दछौ कि कुनै पनि सफलतम व्यक्ति जादुँको छडीको कमाल जसरी एकै पटकमा हुदैन । धेरै लामो समय चाहीन्छ । यसर्थ धैर्यको आडमा हमेसा सफलताको यात्रामा चलौ । अस्तु ।

- केशर भण्डारी

COMMENTS

BLOGGER
Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: सफलताको सरल नियम : धैर्य
सफलताको सरल नियम : धैर्य
प्रेरक संसार
http://www.preraksansar.com.np/2013/11/blog-post_19.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2013/11/blog-post_19.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X