सफलताको सूत्र नै यात्रा हो । गतिशीलता नै अस्तित्वको कारण हो । हिड्नु नै जिन्दगीको अर्को नाम हो । अमेरिकाका महान् कथाकार ओ हेनरीले यो कु...
सफलताको सूत्र नै यात्रा हो । गतिशीलता नै अस्तित्वको कारण हो । हिड्नु नै जिन्दगीको अर्को नाम हो । अमेरिकाका महान् कथाकार ओ हेनरीले यो कुरा स्विकार्दै भनेका थिए - 'न्यूयोर्कको गल्लीले मलाई कथाकार बनायो ।' हेनरी फोर्ड (फोर्डकारका निर्माता) एक बयलगाडीमा आफ्नो सारा सामान र परिवार लादेर आफ्नो गाऊँ छोडेर शहर आए, त्यसैले उनी एक समयमा दुनियाँका सबैभन्दा धनी मानिस बन्न सके । सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल वैज्ञानीक थोमस एल्भा एडिसन डेट्रोइट शहरमा बाह्र वर्षको उमेरमा एक्लै आएका थिए । विश्वविख्यात भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन गृहराष्ट्र जर्मनी छोडि स्विजरल्याण्ड पसेका थिए । समय निरन्तर बग्ने तत्व हो । यदि हामीलाई समय सँगै हिड्नु छ भने स्वयंलाई गतिशील बनाउनु पर्दछ । यसर्थ सफलता गतिमा निहीत छ ।
- केशर भण्डारी 'यात्री'
COMMENTS