सिकाइ प्रभावकारिता सन् १९६८ मा शिक्षाविद् कोबुनले कुन सूचनाको प्रवाह ज्यादा प्रभावकारी हुन्छ भन्ने सम्बन्धमा एक अध्ययन गरे । जसको निष्क...
सन् १९६८ मा शिक्षाविद् कोबुनले कुन सूचनाको प्रवाह ज्यादा प्रभावकारी हुन्छ भन्ने सम्बन्धमा एक अध्ययन गरे । जसको निष्कर्ष यस्तो थियो :
- स्वाद (TASTE) मार्फत १% सिकाइ हुन्छ ।
- स्पर्श (TOUCH) मार्फत १.५% सिकाइ हुन्छ ।
- सुँघाइ (SMELL) मार्फत ३.५% सिकाइ हुन्छ ।
- सुनाइ (HEARING) मार्फत ११% सिकाइ हुन्छ ।
- हेराइ (SIGHT) मार्फत ८३% सिकाइ हुन्छ ।
यस्तै कुन कार्यबाट कति प्रतिशत स्मरण हुन्छ भन्ने पनि बताइएको छ :
१०% स्मरण पढाइबाट हुन्छ ।
२०% स्मरण सुनाइबाट हुन्छ ।
३०% स्मरण हेराइबाट हुन्छ ।
५०% स्मरण हेराइ र सुनाइबाट हुन्छ ।
७०% स्मरण भनाइद्वारा हुन्छ
९०% स्मरण भनाइ र गराइबाट हुन्छ ।
चिनिया कहावत छ :
मैले सुने, मैले बिर्से
मैले देखे, मैले सम्झे
मैले गरे, मैले बुझे ।
यसर्थ दह्रो स्मरणको लागि आफैले भन्ने अनि गर्ने गर्नुपर्दछ ।
COMMENTS