तिनीहरू जसले विश्वमा क्रान्तिकारी विचार ल्याए, उनीहरूलाई इतिहासमा पागल भनिदै आइएको छ । सन् १६०० मा गणितिज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोल...
तिनीहरू जसले विश्वमा क्रान्तिकारी विचार ल्याए, उनीहरूलाई इतिहासमा पागल भनिदै आइएको छ । सन् १६०० मा गणितिज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोले पृथ्वी वाहिर जीवन हुनसक्ने नविन विचार ल्याए । तर उनलाई पागल भनियो र धर्मको खिलाफ वोलेको भन्दै रोमको मध्य सडकमा जिउदै जलाइयो । मानव वस्तीको खोजीमा समुद्री यात्रामा निस्कने कुरा गर्दा क्रिष्टोफर कोलम्वसलाई पागल भनिएको थियो । यस्तै, चार्ल्स डार्विनलेमानव बादरको सन्तान भन्दा उनलाई मगज खुस्केको व्यक्तिको संज्ञा दिइएको थियो । थोमस एल्भा एडिसनले अक्सिजन विना वत्ती वाल्न सकिने कुरा गर्दा उनलाई अर्धवौलाह भनिएको थियो । ओरविल राइट र विल्वर राइटले मानिस आकाशमा उड्न सक्ने कुरा गर्दा अरूले छोडौ रोयल सोसाइटिका अध्ययक्षले समेत १८८५ मा असंभव भनेका थिए । डिज्नेल्याण्डको प्रस्ताव ल्याउदा वाल्ट डिज्नेलाई आफ्नै भाइले समेत पागल भनेका थिए । विना तार सुचना प्रवाह गर्न सकिने कुरा गर्दा मार्कोनीलाई विश्वास गरिएको थिएन । महाकवि लक्ष्मी प्रशाद देवकोटालाई पनि पागल भनि राँची पुर्याइएको थियो । इमिलि डिकिन्सनलाई पनि पागल भनिएको थियो उनले पागलपनलाई इश्वरिय शक्ती भन्दछिन् । र,
अन्तमा एउटा प्रश्न, हामी कहिले पागल बन्ने ?
COMMENTS