Menu

एकल प्रयाशद्धारा कार्यको सुरुवात गर्न सकिन्छ यद्यपी यसलाई भव्य बनाउन सबैको साथ एवं सहयोगको आवश्यकता पर्दछ । यसर्थ हाम्रो यस् सानो कार्यलाई उद्देश्यमुखी, फलदायी एवं व्यापक बनाउनमा तपाईको अमूल्य सहयोग हामीलाई अत्यावश्यक रहेको छ । तपाईले आफूसँग रहेका विभिन्न उपलब्ध गराउन योग्य सामाग्रीहरु तथा तपाई स्वयंद्धारा लिखित सम्पादित प्रेरक सामाग्रीहरु रहेका छन् भने हामीलाई प्रेषित गर्नुहोला । हामी त्यसलाई सम्पादन तथा विन सम्पादन प्रकाशित गर्ने छौ । जती नै अमूल्य भएता पनि बाकस भित्र लुकाएर राखिएको हिराको कुनै मूल्य रहदैन । तपाईको प्रेरक प्रतिभा सवैमाझ पुराउनाले कसैको जीवनमा दिगो परिवतर्न ल्याउन अहम् भूमिका खेल्न सक्नेछ ।

आउनुहोस् थोपा थोपा मिलेर नै समद्र बन्ने हो । आखाँले देख्न नसकिने ससाना अणुहरु मिलेर नै यति भिमकाकय ब्रह्माण्ड बन्न सकेको हो । तपाई हाम्रा यि सृजनशिल हातहरु मिलायौ भने हामीले के अज्ञानताको यो कालो कोठरीमा ज्ञानको सानो दियो बाल्न सक्दैनौ र ? भलै सारा अन्धकार हटाउन नसकेतापनि एउटा सानो मैनबत्ती हामीले जलाउन सकिदैन र ? पक्कै सकिन्छ । एउटा सानो प्रयाशले नै एउटा ठूलो घटना घटाउन सक्ने हो । त्यही एक सानो प्रयाश हाम्रा निम्ती गरिदीनुहुन हामी विनम्र अनुरोध गर्दछौ ।

तपाईको लेख, रचना, प्रतिकृया, सुझाव, सम्पर्क ठेगाना पठाउन परेमा सम्पर्क मेनु वा यहाँ क्लिक गर्नुहोला ।
प्रकाशन योग्य सामाग्रीका कसीहरुको बारेमा जान्न यहाँ क्लिक गर्नुहोला ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top