Menu

स्तम्भ लेखनका लागि आह्वान

सफलताका लागि प्रेरणा अपरिहार्य छ । प्रेरणाले व्यक्तिलाई लक्ष्य निर्धारण गर्न र आफनो गन्तव्य तर्फ निरन्तर यात्रारत् रहन बल प्रदान गर्दछ । प्रेरणाको प्रमुख कार्य नै व्यक्तिलाई अघि बढाउन बल प्रदान गर्नु हो, अघि बढाउनु हो । थोमस एल्भा एडिसनको भनाइ छ, उनान्सय प्रतिशत परिश्रम र एक प्रतिशत प्रेरणाको योग नै सफलता हो ।

हामी यस् प्रेरक संसार मा मुख्यतः शब्दका माध्यमद्धारा व्यक्तिलाई प्रेरित गर्ने प्रयाश गर्दछौ । शब्दमा शक्ति हुन्छ । फ्रेडरिक नित्सेको भनाइ छ, मलाई बस्तुहरु भन्दा ज्यादा शब्दहरु यथार्थ लाग्दछ ।
सान्दर्भिक शब्दले व्यक्तिको जीवनमा कायापलट ल्याउन सक्दछ । र, तीनै शक्तिशाली शब्दहरू तपाईसँग छ, हामीसँग छन् । खाँचो यसलाई तिनीहरूसम्म पुर्याउनु छ, जसको शक्तिले उनिहरूको जीवनमा महत्वपूर्ण आउन सक्दछ ।
प्रेरक संसारले नेपाली भाषा जान्ने सबैका लागि आफूसंग भएका प्रेरणादायी ज्ञान एवं अनूभवहरू समेट्ने हेतुले 'मेरो विचार' स्तम्भ सुरूवात गरेको छ । 'मेरो विचार' तपाईहरूकै विश्वास, दृष्टिकोण, मान्यता, अनुभव, ज्ञान एवं शिक्षा हो । यस् स्तम्भमा तपाईले तपाईको विविध विषयउपर दृष्टिकोण, मान्यता तथा समग्रमा विचार राख्न सक्नुहुनेछ । तपाईद्वारा कोरिएका शब्दहरूले कसैको जीवनमा सकात्मक प्रभाव पार्न सक्दछ । यसर्थ सफलता, असफलता, खुसी, हर्ष, पिडा, प्रेम, जीवन-जगत, संघर्ष आदि विषयवस्तुहरू सम्बन्धित तपाईको विश्वास, तपाईको अनुभव, तपाईको ज्ञान लेखि पठाउन सक्नुहुनेछ । तपाईद्वारा प्राप्त रचनाहरूलाई हामी निश्चित समय पश्चात प्रकाशन गर्नेछौ ।

तपाईहरूकै साथ र सहयोगद्वारा हामी आज यहाँसम्म आउन सकेका छौ । हाम्रो मेरूदण्ड तापाईहरू नै हो जसको कारणले आज आफ्नै तहमा खडा हुन सकेका छौ । र, तपाईको यस्तै साथ एवं सहयोग निरन्तर रहिरहने छ भन्नेमा हामी विस्वस्त छौ ।



- 'मेरो विचार' स्तम्भका बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

- प्रकाशन योग्य सामाग्रीका कसीहरूबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

- तपाईको रचना पठाउन यहाँ क्लिक गर्नुहोस् - सम्पर्क ।

- प्रेरक संसारको बारेमा सामान्य जान्न 'प्रायः सोधिने प्रश्नहरू' खण्डमा जान यहाँ क्लिक गर्नुहोस् । 
 
Top